वडाबाटै योजना फरफारक हुने, नागरिकलाई हुने भयो सहज ।

- चैत्र १७, २०८२ १८:३६ मा प्रकाशित


सोलुखुम्बु — सोलुदुधकुण्ड नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले अबदेखि विकास योजनाहरूको फरफारक सम्बन्धित वडा कार्यालयबाटै गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

यस निर्णयसँगै अब योजना फरफारकका लागि नागरिकहरूले नगरपालिकाको केन्द्रीय कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। यसले सेवाग्राहीलाई समय, खर्च र झन्झटबाट मुक्ति दिने अपेक्षा गरिएको छ।

नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले यस निर्णयले सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार स्थानीय तहलाई थप अधिकारसहित जिम्मेवार बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो।

नगरपालिकाले यो निर्णय कार्यान्वयनमा ल्याएसँगै वडा तहबाटै सेवा सहज रूपमा उपलब्ध हुने र स्थानीय विकास कार्यहरू अझ पारदर्शी तथा व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Comments

सम्बन्धित खवर