सोलुदुधकुण्ड नगरपालिका कार्यसम्पादनमा उत्कृष्ट, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग मूल्यांकनमा कोशी प्रदेशकै पहिलो
- फाल्गुन १, २०८२ ०८:०० मा प्रकाशित
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकन नतिजाले सोलुखुम्बु जिल्ला का स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका अग्रस्थानमा रहेको देखाएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको मूल्यांकनमा सोलुदुधकुण्डले ७८.५० अंक हासिल गर्दै कोशी प्रदेशकै उत्कृष्ट प्रदर्शन गरेको जनाइएको छ।
आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार १७ वटा सूचक प्रयोग गरी मूल्यांकन गरिएको जनाएको छ। सोही क्रममा थुलुङ दुधकोशी गाउँपालिका ले ६३.७९ अंक प्राप्त गर्दै दोस्रो स्थान ओगटेको छ भने माप्य दुधकोशी गाउँपालिका ले ६३.२६ अंक प्राप्त गरेको छ। त्यसैगरी खुम्बु पासाङल्हामु गाउँपालिका ६२.३६ अंकसहित अगाडि देखिएको छ।
यसै सूचीमा महाकुलुङ गाउँपालिका ले ५७.८१ अंक, लिखु पिके गाउँपालिका ले ५४.४३ अंक, नेचासल्यान गाउँपालिका ले ५१.६३ अंक र सोताङ गाउँपालिका ले ५१.३४ अंक प्राप्त गरेका छन्।
आयोगका अनुसार स्थानीय तहहरूले आफैंले गरेको प्रारम्भिक मूल्यांकनलाई पुनः परीक्षण गरी अन्तिम प्रतिवेदन तयार गरिएको हो। मूल्यांकनका क्रममा स्थानीय सरकारले कानुनअनुसार प्रत्येक वर्ष असार १० भित्र सम्बन्धित सभा समक्ष बजेट प्रस्तुत गरे–नगरेको विषयलाई महत्वपूर्ण सूचकको रूपमा लिइएको छ। साथै असार मसान्तभित्र बजेट पारित भए–नभएको अवस्थालाई पनि छुट्टै आधार बनाइएको छ।
यससँगै घरजग्गा दर्ता शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट संकलित रकम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको अवस्था, बजेट कार्यान्वयनको प्रगति, राजस्व संकलनको लक्ष्य उपलब्धि, लेखापरीक्षणको अवस्था तथा आवधिक योजनाको कार्यान्वयन अवस्थालाई समेत मूल्यांकनमा समावेश गरिएको जनाइएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।













Comments