एक आमाको जीवन बचाउन सबै नेपाली दाजुभाइ-दिदीबहिनीहरूसँग मर्मस्पर्शी अपिल
- असार २३, २०८२ १५:११ मा प्रकाशित
“ब्रेन ट्युमरले थला परेकी समित्रा मगरलाई तपाईंको सानो सहयोगले उहाँको जीवन फेरिन सक्छ”
ब्रेन ट्युमरका कारण गम्भीर अवस्थामा रहनुभएकी समित्रा मगरको जीवन बचाउनका लागि हामी यहाँहरूको मानवीय सहयोगको हार्दिक अपिल गर्दछौँ। सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ, चैलुङ घर भई हाल काठमाडौँको न्युरो अस्पतालमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहनुभएकी ३६ वर्षीया समित्रा मगरलाई तपाईंको सानो सहयोगले नयाँ जीवन दिन सक्छ।
उहाँको ब्रेन ट्युमरको शल्यक्रिया भइसकेको छ, तर उपचारका लागि आवश्यक पर्ने महँगो औषधि, सिटी स्क्यान र अन्य खर्चले परिवारलाई आर्थिक भारले थिचेको छ। समित्राका तीन जना साना छोराछोरीहरू आमाको ममतामय काखबाट वञ्चित हुने अवस्थामा छन्। श्रीमान वैदेशिक रोजगारीमा रहे तापनि उहाँको आम्दानीले उपचारको बढ्दो खर्च धान्न मुस्किल परेको छ। हाल समित्राको रेखदेख उहाँका बुबा र नन्द बिपना मगरले गरिरहनुभएको छ, जो आशा र संघर्षका साथ यो कठिन घडीमा साथ दिइरहनुभएको छ।
चिकित्सकहरूका अनुसार समित्राको थप उपचारका लागि करिब रु. १० देखि १२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। परिवारसँग यो रकम जुटाउन कुनै स्रोत नभएकाले, हामी तपाईं सबैमा सामर्थ्यअनुसार आर्थिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
तपाईंको सहयोग पठाउने विवरण:
- खाताधनीको नाम: बिपना मगर
- बैंक: लक्ष्मी सनराइज बैंक
- खाता नम्बर: 10445003182
- सम्पर्क फोन (बिपना मगर): 9766909029
तपाईंले गर्नुभएको सहयोगको स्क्रिनसट र आफ्नो फोटो हामीलाई WhatsApp नम्बर 9852840235 वा 9840664674 मा पठाउन सक्नुहुन्छ। सोलुदुधकुण्ड अनलाइनद्वारा सञ्चालित RKT YouTube Channel को फेसबुक पेजमार्फत सहयोगी मनहरूको नाम, फोटो र योगदान सार्वजनिक गरिनेछ।
हामी विश्वास गर्छौं कि तपाईंको सानो सहयोग पनि समित्रा मगरको जीवनमा आशाको उज्यालो बन्न सक्छ। आमाले फेरि आफ्ना छोराछोरीलाई अँगाल्न पाऊन् भन्ने हाम्रो कामना छ।
“थोपा थोपा मिलाई समुन्द्र बनाउन सम्भव छ, आजै साथ दिऔं।”
तपाईंको सहयोग र सद्भावका लागि हार्दिक धन्यवाद!
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न











Comments