सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
- असार २१, २०८२ २२:२२ मा प्रकाशित
सोलुखुम्बु, असार २१ – सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टीङस्थित सुनाखरी सामुदायिक संस्थाले आज संस्थाको वार्षिक कार्य प्रगतिको सार्वजनिक सुनुवाइ, आजीवन सदस्यता प्रदान र नयाँ कार्यसमिति गठनसहित एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम साउन २१ गते संस्थाको आफ्नै भवनमा सम्पन्न भएको हो।
कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० का अध्यक्ष होम बहादुर मगरको प्रमुख आतिथ्य र संस्थाकी अध्यक्ष तुलसा कट्वालको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा संस्थाले आफ्नो वार्षिक कार्य प्रगतिको विस्तृत विवरण प्रस्तुत गर्नुका साथै ३३ जना नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो।


सहयोगी दाताको नामावली
सोही अवसरमा संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नयाँ कार्यसमितिमा लाक्पा गेल्जे शेर्पा अध्यक्ष, आङ पासाङ शेर्पा उपाध्यक्ष, सोनाम फुर्वा शेर्पा कोषाध्यक्ष, रमेश कट्वाल सचिव र याङडी शेर्पा सह-सचिवमा रहनुभएको छ। यसैगरी, रेनुका दाहाल, ङिमा शेर्पा, सम्झना थापा र बेलु माया थापा कार्यसमिति सदस्यका रूपमा चयन हुनुभएको छ।
संस्थाले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन कर्मा गेल्जे शेर्पा (गोर्जा), लामा पासाङ शेर्पा (गोर्जा), आङ ङिमा शेर्पा (गोर्जा), आङ छिरी शेर्पा (A.C.), मिङमार छिरी शेर्पा (गोर्जा), पेमा शेर्पा (सलाका) र दागेली शेर्पालाई प्रमुख सल्लाहकारका रूपमा चयन गरेको छ। यसैगरी, आङ पासाङ शेर्पा (गोर्जा), मेजर आङ फुला शेर्पा (गोर्जा), आङ फुरी शेर्पा (गोर्जा), पासाङ दावा शेर्पा (गोर्जा) र दावाओङ्छु शेर्पा (गोर्जा) सल्लाहकारका रूपमा नियुक्त हुनुभएको छ। प्राविधिक सल्लाहकारको जिम्मेवारी भने कुमार खड्काले सम्हाल्नुहुनेछ।
कार्यक्रममा उपस्थित वक्ताहरूले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व, पारदर्शिता र दिगोपनामा केन्द्रित भई थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments