इरानका सर्वोच्च नेता खामेनी मारिएको दाबी
- फाल्गुन १७, २०८२ ०६:३७ मा प्रकाशित
काठमाडाैं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन्। यो इरानका जनताका लागि मात्र नभई विश्वभरका ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपिपासु गिरोहले मारेका थिए।’
इजरायलले शनिबार राजधानी तेहरानसहित इरानका धेरैवटा सहरमा हवाई हमला गरेको थियो। जसमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका थिए।
रोयटर्सले पनि इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता मारिएको दाबी गरेको छ। खामेनीको शव हवाई आक्रमणपछि भग्नावशेषमुनि फेला परेको थियो।
खामेनीको मृत्युले युद्ध र आर्थिक कठिनाइबाट गुज्रिरहेको इरानलाई अर्को ठूलो झट्का दिएको छ। उनको शासनकालमा इरानले पश्चिमी देशहरूसँग कम टकराव चाहने सुधारवादीहरूलाई किनारा लगाउँदै कडा नीति अपनाएको थियो। अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इरानका सहयोगीहरू कमजोर बन्दै गएका थिए। डिसेम्बर २०२४ मा सिरियाली राष्ट्रपति बसर अल-असदको सत्ता पतन हुनुले पनि तेहरानलाई कमजोर बनाएको थियो।
यद्यपि, इरानी अधिकारीहरूले मृत्युको रिपोर्टलाई अस्वीकार गर्दै यसलाई “शत्रुद्वारा गरिएको मनोवैज्ञानिक युद्ध” भनेका छन्। सर्वोच्च नेताको कार्यालयका प्रचार प्रमुख मेहरदाद सैयद मेहदीले सामाजिक सञ्जालमा लेखेका छन्, “अमेरिकी र जियोनिस्ट शत्रुहरूको मनोवैज्ञानिक युद्धबाट सावधान रहनुहोस्।”
इरानको अर्ध-आधिकारिक तास्निम न्युज एजेन्सीले खामेनीले आत्मविश्वासका साथ युद्धको मैदानको निर्देशन दिइरहेको दाबी गरेको छ। तर, इरानी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको अन्तर्वार्तामा प्रत्यक्ष जवाफ नदिई “हामी यस विषयमा पुष्टि गर्ने अवस्थामा छैनौँ” भनेका छन्।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खमेनीको मृत्यु भएको संकेत देखिएको बताएका थिए। अर्कातर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले भने सर्वोच्च नेता जीवित रहेको दाबी गरेका छन्।
इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्ति मारिएको र ७४० भन्दा बढी घाइते भएको बताएको छ।
इजरायल र अमेरिकामा आधारित अपुष्ट रिपोर्टहरूमा उनी मारिएको दाबी गरिएको छ। तर इरानले भने इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता ‘सुरक्षित र स्वस्थ’ रहेको दाबी गरेका हुन्।
इरानका सर्वोच्च नेताको कार्यालयका जनसम्पर्क प्रमुखले पनि खामेनी मारिएको भन्ने समाचार आएपछि त्यसलाई देशका शत्रुहरूको “मानसिक युद्ध”को संज्ञा दिएको एलजजिरा न्युज च्यानलले जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments