असार १५ : आज राष्ट्रिय धानदिवस नेपाल भरी उल्लासपूर्वक मनाईदै।
- असार १५, २०८२ ०६:४८ मा प्रकाशित
सोलुखुम्बु, असार १५
नेपालभर आज असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ वा ‘रोपाइँ दिवस’ का रूपमा उल्लासपूर्वक मनाईदै छ। यो दिन विशेषगरी कृषकहरूले वर्षा र सिँचाइको भरपर्दो समयको सुरुआतको रूपमा लिने गरेका छन्। असार १५ को अवसरमा किसानहरू परम्परागत ढंगले धान रोप्ने, हिलो खेल्ने, लोकगीत गाउने, र दही-चिउरा खाने परम्परा निर्वाह गर्छन्।
धान नेपालको मुख्य खाद्यान्न बाली हो। वर्षातको समयमा रोपाइँ गर्ने परम्परा लामो समयदेखि चलिआएको छ। असार महिनाको मध्य भागमा पर्याप्त वर्षा हुने भएकाले यो समय धान रोपाइँका लागि सबैभन्दा उपयुक्त मानिन्छ। त्यसैले यो दिनलाई कृषिप्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा पनि लिइन्छ।
सन् २०६१ सालदेखि नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयको अगुवाइमा विभिन्न निकाय र स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरी दिवसलाई विशेष बनाउने गरेका छन्।
आज विभिन्न स्थानमा हिलो छ्यापाछ्याप, रमाइलो गीत–संगीत, धान रोप्ने प्रतियोगिता, र कृषि सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिएका छन्। यसले नेपाली कृषिको महत्व झल्काउने मात्र होइन, युवा पुस्तालाई कृषि व्यवसायतर्फ आकर्षित गर्न सन्देश दिने उद्देश्य लिएको बताइएको छ।
कृषिविज्ञहरूका अनुसार धान उत्पादनमा आत्मनिर्भर बन्न यस्ता दिवसहरूले सकारात्मक सन्देश दिनने बताएका छन।
असार १५ केवल परम्परा होइन, कृषि जीवनशैलीको अभिन्न हिस्सा हो। वर्षे धान रोपाइँको आरम्भ र किसानहरूको उत्साह एकसाथ देखिने यो दिनले नेपाली समाजमा कृषिको महत्व उजागर गर्दै आएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय चैत्र ११, २०८२ १९:१६टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।
-
लोकप्रिय चैत्र ४, २०८२ १५:५६स्वर्गीय कानुरी शेर्पाको स्मृतिमा दागेली शेर्पाद्वारा सामाजिक क्षेत्रमा सहयोग
-
लोकप्रिय फाल्गुन २५, २०८२ १८:०३फागुन २८ गते निर्वाचन प्रहरीको बिदाइ गरिने
-
लोकप्रिय फाल्गुन १८, २०८२ १८:४२आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।












Comments