टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।

- चैत्र ११, २०८२ १९:१६ मा प्रकाशित


सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० को फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। सोलुदुधकुण्ड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा १५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा थप १५ लाख रुपैयाँ गरी जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
त्यसैगरी, देश तथा विदेशमा रहेका मनका धनी समाजसेवी तथा बुद्धिजीवीहरूबाट प्राप्त आर्थिक सहयोगका कारण बिहार निर्माण कार्य थप तीव्र बनेको छ। हाल निर्माण कार्य अन्तिम चरणतर्फ पुगेको छ र चाँडै सम्पन्न हुने अपेक्षा गरिएको छ।
गाउँमै यति ठूलो र सुन्दर बिहार निर्माण हुन लागेकोमा स्थानीयवासीहरूमा खुसी छाएको छ। फतान्जे गाउँमै यति महत्वपूर्ण धार्मिक संरचना निर्माण हुनु सबैका लागि गौरवको विषय बनेको छ।
वडा अध्यक्ष होमबहादुर मगरका अनुसार, यस कार्यले गाउँको धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
यस पुण्य कार्यमा सहयोग पुर्‍याउने सोलुदुधकुण्ड नगरपालिका साथै देश तथा विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण मनका धनी, आदरणीय समाजसेवी तथा सहयोगी हातहरूमा वडा अध्यक्ष होम बहादुर मगरले हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ।

Comments

सम्बन्धित खवर