आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।
- फाल्गुन १८, २०८२ १८:४२ मा प्रकाशित
सोलुखुम्बु, फागुन १८
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले मतदान सम्पन्न नभएसम्म राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार नगर्न निर्देशन दिएको छ ।

आयोगका अनुसार राति १२ बजेदेखि लागू हुने मौन अवधिमा सभा, जुलुस, प्रचार अभियान, मत माग्ने गतिविधि तथा मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइने छैन । प्रत्यक्ष मात्रै होइन, सामाजिक सञ्जालमार्फत गरिने प्रचारसमेत निषेध गरिएको छ ।
निर्वाचन आचारसंहिताले उम्मेदवार र दलका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरेको छ । यसअनुसार मतदान केन्द्र आसपास, विशेषगरी तीन सय मिटर क्षेत्रभित्र राखिएका पोस्टर, पम्प्लेट, ब्यानर लगायत सामग्री हटाइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मौन अवधिमा राजनीतिक छलफल, अन्तरक्रिया, गोष्ठी वा कुनै पनि प्रकारका प्रचारमुखी कार्यक्रम आयोजना गर्न पाइँदैन । सामाजिक सञ्जालमा भोट माग्ने वा कुनै पक्षको समर्थनरविरोधमा सामग्री पोस्ट वा शेयर गर्नसमेत रोक लगाइएको छ ।
निर्वाचन आयोगले मतदातालाई दबाबमुक्त वातावरणमा मतदान गर्ने अवसर दिन र निर्वाचनलाई शान्तिपूर्ण तथा निष्पक्ष बनाउन मौन अवधि लागू गरिएको स्पष्ट पारेको छ । आयोगले नियम उल्लंघन भए कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय चैत्र २०, २०८२ १०:१७सार्वजनिक सेवा प्रसारणमा रूपान्तरणपछि रेडियो नेपालको नयाँ यात्रा-विष्णुराम न्यौपाने
-
लोकप्रिय चैत्र १८, २०८२ ११:३९देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा ।
-
लोकप्रिय चैत्र १७, २०८२ १८:३६वडाबाटै योजना फरफारक हुने, नागरिकलाई हुने भयो सहज ।
-
लोकप्रिय चैत्र ११, २०८२ १९:१६टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।












Comments