स्वर्गीय कानुरी शेर्पाको स्मृतिमा दागेली शेर्पाद्वारा सामाजिक क्षेत्रमा सहयोग
- चैत्र ४, २०८२ १५:५६ मा प्रकाशित
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङ निवासी धर्मगुरु श्री दागेली शेर्पाले आफ्नी धर्मपत्नी स्वर्गीय कान्नुरी शेर्पाको पुण्य स्मृतिमा विभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरूमा उल्लेखनीय आर्थिक सहयोग गर्नुभएको छ।
उहाँले वडा नं. १० भित्रका विभिन्न विद्यालय, क्लब, संस्था तथा गुम्बाहरूमा सहयोग गर्दै समाजप्रति आफ्नो उत्तरदायित्व प्रस्तुत गर्नुभएको हो। सोही क्रममा श्री जनप्रिय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना तथा मजबुतीका लागि रु. ५०,००० (पचास हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ।
उक्त सहयोगले विद्यालयको दीर्घकालीन शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। विद्यालय परिवारले यस सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वर्गीय कान्नुरी शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
दागेली शेर्पाको यो कदमले समाजमा परोपकार र सहयोगको भावना अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।
-
लोकप्रिय बैशाख १८, २०८३ १३:२५सोलुखुम्बुको लुम्सामा जर्मन टोलीलाई भव्य स्वागत, शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रलाई १२ लाख बढी सहयोग।
-
लोकप्रिय चैत्र २०, २०८२ १०:१७सार्वजनिक सेवा प्रसारणमा रूपान्तरणपछि रेडियो नेपालको नयाँ यात्रा-विष्णुराम न्यौपाने
-
लोकप्रिय चैत्र १८, २०८२ ११:३९देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा ।













Comments