अनलाइनबाटै एनटीसीको सिम नामसारी गर्ने सुविधा देशभर उपलब्ध
- माघ २७, २०८२ १३:२२ मा प्रकाशित
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइनमार्फत ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सक्ने व्यवस्था देशभरका लागि उपलब्ध गराएको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवको अवसर पारेर २२ माघदेखि देशभरका सबै कार्यालयमार्फत यो सेवा उपलब्ध भएको जानकारी दिएको हो ।
यसअघि गत २२ पुसदेखि काठमाडौँको सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट परीक्षणका रूपमा सुरु गरिएको यो सुविधा अब देशभरका ग्राहकले लिन सक्ने भएका छन् । सिमकार्ड आफ्नो नाममा नरहेको वा विवरण सच्याउनुपर्ने ग्राहकले घरमै बसेर यो प्रक्रिया सुरु गर्न सक्नेछन् ।
विवरण सच्याउन चाहने ग्राहकले टेलिकमको पोर्टलमा गई आफ्ना विवरणहरू भर्न सक्नेछन् । पोर्टलमा लगइन गर्नका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड प्रयोग गर्नुपर्नेछ । व्यक्तिगत विवरणका साथै ग्राहकले सुरक्षा प्रयोजनका लागि आफूले सबैभन्दा धेरै कल गर्ने पाँच ओटा मोबाइल नम्बर पनि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अनलाइनमार्फत सबै आवश्यक विवरण र कागजात अपलोड गरिसकेपछि अन्तिम प्रमाणीकरणका लागि भने ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । अनलाइनमा भरिएको विवरण र पेश गरिएका प्रमाणका आधारमा टेलिकमको प्रणालीले विवरण प्रमाणीकरण गरी सिमकार्ड अपडेट गरिदिनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय चैत्र ११, २०८२ १९:१६टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।
-
लोकप्रिय चैत्र ४, २०८२ १५:५६स्वर्गीय कानुरी शेर्पाको स्मृतिमा दागेली शेर्पाद्वारा सामाजिक क्षेत्रमा सहयोग
-
लोकप्रिय फाल्गुन २५, २०८२ १८:०३फागुन २८ गते निर्वाचन प्रहरीको बिदाइ गरिने
-
लोकप्रिय फाल्गुन १८, २०८२ १८:४२आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।











Comments