सोलुदुधकुण्ड-१० टाप्टिङमा तीन दिने पर्यटन तथा वातावरण संरक्षणसम्बन्धी तालिम सुरु
- माघ १२, २०८२ १४:०१ मा प्रकाशित
सोलुखुम्बु, ११ माघ। सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङ र KEEP नेपाल, काठमाडौँको संयुक्त आयोजनामा तीन दिने पर्यटन तथा वातावरण संरक्षणसम्बन्धी न्यूनतम प्रभाव यात्रा (minimal Impact Trekking–MIT) तालिम सुरु भएको छ
स्थानीय समुदायलाई पर्यटनमैत्री व्यवहार, फोहर व्यवस्थापन, वातावरणीय संरक्षण र दिगो पर्यटन विकासका विषयमा सचेत बनाउने उद्देश्यले आयोजना गरिएको तालिम वडा कार्यालय टाप्टिङमा सञ्चालन भइरहेको छ। तालिम आज देखि १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
तालिममा “सकिन्छ सफा गरौँ, सकिँदैन फोहर नगरौँ” भन्ने मूल नारालाई आत्मसात गर्दै पदयात्रा तथा पर्यटन गतिविधिका क्रममा वातावरणमा पर्ने नकारात्मक प्रभाव घटाउने उपाय, स्थानीय स्रोतसाधनको संरक्षण, पर्यटकसँगको व्यवहार, प्लास्टिक तथा फोहर न्यूनिकरणजस्ता विषयमा सहजीकरण गरिँदैछ।
KEEP नेपालका प्रशिक्षकहरूले MIT दिशानिर्देशअनुसार व्यवहारिक ज्ञान प्रदान गरिने भएकाे छ। तालिममा वडा भित्रका युवा, स्थानीय बासिन्दा, पर्यटनसँग आबद्ध व्यक्ति तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको छ।
कार्यक्रम सफल बनाउन मकालु ट्रेडर्स, सेभेन समिट फाउन्डेसन, सैयु नेपाल एड्भेन्चर एण्ड ट्रेक र बाेस एड्भेन्चर एण्ड ट्रेक एक्पिडिसनले सहकार्य गरेका छन्।
तालिमले टाप्टिङ क्षेत्रलाई पर्यावरणमैत्री, जिम्मेवार र दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास लिएका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।
-
लोकप्रिय बैशाख १८, २०८३ १३:२५सोलुखुम्बुको लुम्सामा जर्मन टोलीलाई भव्य स्वागत, शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रलाई १२ लाख बढी सहयोग।














Comments