सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
- असार १५, २०८२ १८:०४ मा प्रकाशित
सोलुखुम्बु, असार १५।
सोलुदुधकुण्ड नगरपालिका १० टाप्टीङमा आज रेबिज रोग विरुद्धको निःशुल्क खोप शिविर सम्पन्न भएको छ। सोलुदुधकुण्ड नगरपालिका पशु सेवा शाखाको आयोजनामा सञ्चालन भएको शिविरमा कुल २८ वटा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाइएको हो।
पशु प्राविधिक प्रमित मगरको नेतृत्वमा सम्पन्न उक्त खोप शिविर आज साबिक वडा नं. ५ र ६ का क्षेत्रहरूमा केन्द्रित थियो। रेबिज रोगबाट जनस्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखी यस्तो कार्यक्रम सञ्चालन गरिएको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ।
कार्यक्रम भोलि अन्य साबिक वडाहरूमा पनि सञ्चालन गरिने छ। सोलुदुधकुण्ड नगरपालिकामा हाल साबिक वडा नं. १ देखि ९ सम्म रहेका छन्, जसमा क्रमशः खोप सेवा विस्तार गरिँदैछ।
बिस्तृत जानकारीको लागि यहाँ लिङ्क्मा क्लिक गर्नु होस https://www.facebook.com/100069813277761/posts/1012050781132022/?mibextid=rS40aB7S9Ucbxw6v
सुरक्षित र स्वस्थ समुदाय निर्माणतर्फ स्थानीय सरकारको यो प्रयासले जनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। स्थानीय नागरिकहरूले पनि यस्तो जनमैत्री सेवाको स्वागत गरेका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments