सोलुदुधकुण्ड–९ गोराखानीलाई आगामी बर्ष २०८३ मंसिर १४ गते भित्रमा बालमैत्री वडा घोषणा हुने।
- असार १४, २०८२ १६:२३ मा प्रकाशित
सोलुखुम्बु, असार १४
“बालबालीकामा लगानी, सबैको सरोकार बालमैत्रीनगर विकास र समृद्धिको आधार” भन्ने मूल नारालाई आत्मसात् गर्दै सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ गोराखानीलाई आगामी वर्ष २०८३ को मंसिर १४ गतेभित्र बालमैत्री वडा घोषणा गरिने भएको छ।
शनिबार वडा कार्यालयमा सम्पन्न बालमैत्री स्थानीय शासन वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा सो जानकारी दिइएको हो।
वडाध्यक्ष धनराज तामाङका अनुसार, “बालमैत्री वडा घोषणा गर्न ५१ वटा सूचकहरू पुरा गर्नु पर्नेछ, हामी निर्धारित मिति अगावै ती सबै सूचकहरू पुरा गर्ने लक्ष्यसहित काममा लगी पर्ने बताउनु भएको छ ।”
कार्यक्रममा सहभागी सबै निकाय, संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक, अभिभावक र स्थानीय युवा तथा बालबालिका समूहका सदस्यहरूले आफ्नो–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै बालमैत्री अभियानलाई सफल पार्ने अठोट व्यक्त गरेका छन।
बालमैत्री अभियानका अभियन्ता छिरिङ तेन्जी शेर्पा र फुर्वा डोमा शेर्पाको सहजीकरणमा सम्पन्न कार्यक्रमले बालबालिकाको हितका लागि साझा प्रयासको आवश्यकता झल्काएको थियो।
सोलुदुधकुण्ड नगरपालिकाका ११ वटै वडाहरूलाई क्रमशः बालमैत्री बनाउने अभियान तीव्र पारिएको छ। यसैक्रममा, गत जेठ २९ गते वडा नं. ७ गार्मा सोलुखुम्बु जिल्लाको पहिलो बालमैत्री वडा घोषणा भइसकेको छ। अन्य वडाहरू पनि त्यसै दिशामा सक्रियताका साथ अघि बढिरहेका छन्।
बाल अधिकार, सुरक्षा, शिक्षा, स्वास्थ्य र बाल सहभागिताका आधारमा हुने मूल्याङ्कन अनुसार गोराखानी वडाले पनि अब चाँडै बालमैत्री वडाको मान्यता पाउने अपेक्षा गरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments