लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम खोटाङमा सम्पन्न
- असार १२, २०८२ १४:२७ मा प्रकाशित
खोटाङ, १२ असार २०८२ । “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागु औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ असार २० गतेबाट सुरु भएको लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम खोटाङमा भव्य र्यालीसहित सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति खोटाङको आयोजनामा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको नेतृत्वमा उप-प्रमुख सुरेश तामाङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक बिष्ट लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न जनप्रतिनिधिहरु, सरकारी तथा गैर-सरकारी संघसंस्थाका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्षहरु, पत्रकार, शिक्षक/शिक्षिका तथा विद्यार्थीहरु, स्थानीय भद्रभलाद्मी र बुद्धिजीवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन र्याली रत्नपार्कबाट सुरु भई बेसक्याम, त्रिवेणी चोक हुँदै भवनगैरास्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रभातफेरी, हस्ताक्षर कार्यक्रम, निबन्ध लेखन प्रतियोगिता र विद्यालयहरूमा सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।
यो सप्ताहव्यापी अभियानले लागुऔषध दुरुपयोग र ओसारपसार नियन्त्रणमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments