करेन्ट लागेर गम्भीर घाइते भएका विद्युत कर्मचारी बस्नेतको निधन
- असार ७, २०८२ १८:५० मा प्रकाशित
सोलुखुम्बु, असार ७ — सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर गम्भीर घाइते भएका एक विद्युत प्राधिकरणका कर्मचारीको उपचारको क्रममा निधन भएको छ।
मृतक ३५ वर्षीय रविन बस्नेत सोलुदुधकुण्ड नगरपालिका–७, भित्तार्खकका स्थायी बासिन्दा हुन्। शनिबार दिउँसो राष्ट्रिय प्रसारण लाइनअन्तर्गत रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। घटना सोलुदुधकुण्ड–११ स्थित घुन्सा नुनथलामा भएको हो।
घटनापछि तुरुन्तै उनलाई उपचारका लागि फाप्लुस्थित जिल्ला अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचारको क्रममा अपराह्न ४:१५ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो।
निज बस्नेत नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी हुन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments