करेन्ट लागेर गम्भीर घाइते भएका विद्युत कर्मचारी बस्नेतको निधन
- असार ७, २०८२ १८:५० मा प्रकाशित
सोलुखुम्बु, असार ७ — सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर गम्भीर घाइते भएका एक विद्युत प्राधिकरणका कर्मचारीको उपचारको क्रममा निधन भएको छ।
मृतक ३५ वर्षीय रविन बस्नेत सोलुदुधकुण्ड नगरपालिका–७, भित्तार्खकका स्थायी बासिन्दा हुन्। शनिबार दिउँसो राष्ट्रिय प्रसारण लाइनअन्तर्गत रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। घटना सोलुदुधकुण्ड–११ स्थित घुन्सा नुनथलामा भएको हो।
घटनापछि तुरुन्तै उनलाई उपचारका लागि फाप्लुस्थित जिल्ला अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचारको क्रममा अपराह्न ४:१५ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो।
निज बस्नेत नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी हुन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments