सुनाखरी संस्थालाई दागेली शेर्पाको रु. ५७,५०० बराबरको योगदान
- असार २, २०८२ १०:४६ मा प्रकाशित
रमेश कटुवाल, सोलुदुधकुण्ड अन्लाईन संवाददाता
२०८२ असार २, टाप्टीङ (सोलुखुम्बु)
सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङस्थित सुनाखरी सामुदायिक संस्थाले समाजसेवी एवम् लामा दागेली शेर्पाबाट प्राप्त उल्लेखनीय सहयोगको कदरस्वरूप विशेष सम्मान गरेको छ।
शेर्पाले संस्थालाई कुम्बु १०८ थान (मूल्य रू. १९,५००), काँसको थाल १० थान (मूल्य रू. १९,०००), पुम्बा १ थान (मूल्य रू. ४,०००) र १५ हातको सुकुल १ थान सहयोगस्वरूप प्रदान गर्नुभएको हो।
यसअघि पनि उहाँले संस्थालाई २ थान टेवल राधाकृष्ण तथा गणेश भगवानको मूर्तिसहित गरी रू. १५,००० बराबरको सहयोग गरिसक्नु भएको थियो। कुल सहयोग रकम रू. ५७,५०० भन्दा बढी पुगेको संस्थाले जनाएको छ।
संस्थाका पदाधिकारीहरूले उहाँलाई खादा लगाई विशेष सम्मान गर्नुका साथै सुनाखरी सामुदायिक संस्थाको आजीवन सदस्यता प्रदान गरेका छन्।
दागेली शेर्पा लामाले स्थानीय धार्मिक क्षेत्र, माने, गुम्बा, मन्दिर तथा बाटोघाटो निर्माण तथा संरक्षणमा पनि निरन्तर सहयोग गर्दै आइरहनुभएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments