सुनाखरी संस्थालाई दागेली शेर्पाको रु. ५७,५०० बराबरको योगदान
- असार २, २०८२ १०:४६ मा प्रकाशित
रमेश कटुवाल, सोलुदुधकुण्ड अन्लाईन संवाददाता
२०८२ असार २, टाप्टीङ (सोलुखुम्बु)
सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङस्थित सुनाखरी सामुदायिक संस्थाले समाजसेवी एवम् लामा दागेली शेर्पाबाट प्राप्त उल्लेखनीय सहयोगको कदरस्वरूप विशेष सम्मान गरेको छ।
शेर्पाले संस्थालाई कुम्बु १०८ थान (मूल्य रू. १९,५००), काँसको थाल १० थान (मूल्य रू. १९,०००), पुम्बा १ थान (मूल्य रू. ४,०००) र १५ हातको सुकुल १ थान सहयोगस्वरूप प्रदान गर्नुभएको हो।
यसअघि पनि उहाँले संस्थालाई २ थान टेवल राधाकृष्ण तथा गणेश भगवानको मूर्तिसहित गरी रू. १५,००० बराबरको सहयोग गरिसक्नु भएको थियो। कुल सहयोग रकम रू. ५७,५०० भन्दा बढी पुगेको संस्थाले जनाएको छ।
संस्थाका पदाधिकारीहरूले उहाँलाई खादा लगाई विशेष सम्मान गर्नुका साथै सुनाखरी सामुदायिक संस्थाको आजीवन सदस्यता प्रदान गरेका छन्।
दागेली शेर्पा लामाले स्थानीय धार्मिक क्षेत्र, माने, गुम्बा, मन्दिर तथा बाटोघाटो निर्माण तथा संरक्षणमा पनि निरन्तर सहयोग गर्दै आइरहनुभएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments