सोलुदुधकुण्ड–१० को टाडपानीमा एक महिने वेटर तालिम सम्पन्न,
- असार १, २०८२ १९:४४ मा प्रकाशित
सोलुखुम्बु, टाप्टीङ २०८२ असार ०१
–सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाडपानीमा सञ्चालन गरिएको एक महिनाको वेटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमले स्थानीय युवा युवतीहरुलाई होटल तथा रेस्टुरेन्ट क्षेत्रमा आवश्यक सीप प्रदान गर्दै रोजगारमुखी दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याएको छ।
व्यावसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुंगा र सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० कार्यालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा लालिगुँरास मल्टी टेक्निकल इन्स्टिच्युट प्रा.लि को प्राविधिक सहयोग रहेको थियो।
१६ जना सहभागीताको सहभागिता रहेको तालिममा वेटर पेशासम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइएको थियो। तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष होम बहादुर मगरको विशेष उपस्थितिमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।
उक्त तालिमबाट प्रशिक्षित युवा युवतीहरूले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सहज रूपमा रोजगारी पाउने विश्वास लिइएको छ। सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी व्यवसायिक क्षेत्रमा अवसर सिर्जना गर्ने अठोट व्यक्त गरेका छन्।
- रमेश कट्वाल सोलुदुधकुण्ड अन्लाईन संवाददाता
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments