टाप्टीङमा ७ दिने उद्यमशीलता विकास तालिम सम्पन्न
- जेष्ठ ३०, २०८२ ११:२३ मा प्रकाशित
टाप्टीङ, सोलुखुम्बु – घरेलु तथा साना उद्योग कार्यालय सल्लेरी र सोलुदुधकुण्ड नगरपालिका वडा नं. १०, टाप्टीङ वडा कार्यालयको संयुक्त आयोजनामा ७ दिने उद्यमशीलता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिम मिति २०८२ जेठ २३ गते शुक्रबारदेखि २०८२ जेठ २९ गतेसम्म सुनाखरी सामुदायिक संस्थामा संचालन गरिएको थियो। कार्यक्रमको समापन आज एक विशेष समारोहका साथ सम्पन्न भएको हो।
उक्त तालिममा २० जना सहभागीहरूले सक्रिय सहभागिता जनाउँदै तालिम सफलता पूर्वक सम्पन्न गरेका छन्। सहभागीहरूलाई प्रमाणपत्र वितरण गरि सम्मान गरिएको थियो।
तालिमको प्रशिक्षण खेम माया बि.क.ले दिनु भएको हो। प्रशिक्षण अवधिभर सहभागीहरूले व्यवसायिक सोच, साना उद्योग संचालनका तरिका, बजार व्यवस्थापन लगायतका विषयमा ज्ञान तथा सीप प्राप्त गरेका थिए।
समापन समारोहमा सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० का कार्यबाहक वडा अध्यक्ष तेन्जी शेर्पा, वडा सदस्य पासाङ पुटी शेर्पा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडा लगायत स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त तालिमले स्थानिय स्तरमा स्वरोजगार र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिइएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments