रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषक समूहलाई बीउ तथा कृषि यान्त्रिक उपकरण हस्तान्तरण
- जेष्ठ २४, २०८२ १७:२९ मा प्रकाशित
सोलुखुम्बु, २०८२ जेठ २३ — सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० मा रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत एक विशेष कार्यक्रमका बीच कृषक समूहहरूलाई फापरको बीउ तथा कृषि यान्त्रिक उपकरणहरू वितरण गरिएको छ।
फापरको बीउ पूर्ण रूपमा सोलुदुधकुण्ड नगरपालिकाको १००% अनुदानमा प्रदान गरिएको हो। यस्तै, कृषि यान्त्रिक उपकरणहरू — जसमध्ये हाते ट्र्याक्टर ९ वटा, थ्रेसर मेसिन ६ वटा, र कम्बाइन मिल ७ वटा — ५०% लागत नगरपालिकाको र बाँकी ५०% कृषकहरूको साझेदारीमा उपलब्ध गराइएको हो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा नगर प्रमुख नाम्गेल जाङबु शेर्पा तथा विशिष्ट अतिथिका रूपमा उपप्रमुख गान्धी माया तामाङ सहभागी हुनु भएको थियो। कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष तेन्जी शेर्पा र कृषि शाखा प्रमुख डोल्मा दिकी शेर्पा सहित अन्य सरोकारवाला व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।
नगर प्रमुख शेर्पाले आफ्नो मन्तव्यमा रैथाने बालीहरू हाम्रो पहिचान, स्वास्थ्य र जैविक विविधताको मूल आधार हुन्। यिनको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता भएको बताउनु भयो साथै उहाँले कृषिमा यान्त्रिकरणले मेहनती कृषकको जीवन सहज बनाउनुका साथै उत्पादन लागत घटाएर आम्दानी बढाउने सम्भावना ल्याउने बताउनु भएको छ।
त्यसैगरी उपप्रमुख तामाङले फापरजस्ता पौष्टिक बालीको खेतीबाट आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ। कृषकहरूको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण भएको बताउनु भयो।
कार्यक्रमले कृषकहरूमा उत्साह थपेको देखिएको छ र स्थानीयस्तरमै रैथाने बालीको उत्पादन र उपयोग बढाउन तथा कृषि जैबिक बिबिधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय चैत्र ११, २०८२ १९:१६टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।
-
लोकप्रिय चैत्र ४, २०८२ १५:५६स्वर्गीय कानुरी शेर्पाको स्मृतिमा दागेली शेर्पाद्वारा सामाजिक क्षेत्रमा सहयोग
-
लोकप्रिय फाल्गुन २५, २०८२ १८:०३फागुन २८ गते निर्वाचन प्रहरीको बिदाइ गरिने
-
लोकप्रिय फाल्गुन १८, २०८२ १८:४२आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।












Comments