बाढी पहिरोपीडित बालबालिकालाई युमनी नेपाल फ्रान्सले गर्यो शैक्षिक सहयोग।
- जेष्ठ २२, २०८२ १३:१२ मा प्रकाशित
सोलुखुम्बु, जेठ २१
गत असोज ११ र १२ गतेको अविरल वर्षाले सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ र १० मा ठूलो क्षति पुर्यायो। सो क्रममा पहिरोमा परी ज्यान गुमाएका परिवारका बालबालिकाको शिक्षा दिक्षाको लागि युमनी नेपाल फ्रान्स संस्थाले सहयोग प्रदान गरेको छ।
संस्थाका उपाध्यक्ष श्री बुद्ध सिङ तामाङको विशेष पहलमा पीडित परिवारका ६ जना बालबालिकालाई वार्षिक रु २०,००० का दरले र पहिलो वर्ष भएकाले थप ५ जना बालबालिकालाई जनही ५ हजार थप गरि रु २५,००० का दरले सहयोग रकम हस्तान्तरण गरिएको हो।
तामाङले उक्त सहयोग कक्षा १२ सम्म निरन्तर जारी रहने जानकारी दिनु भयो। उहाँका अनुसार यस्ता सहयोग कार्यक्रमले विपद्बाट प्रभावित बालबालिकाको शिक्षामा निरन्तरता दिन मद्दत गर्ने विश्वास लिइएको छ।
सहयोग कार्यक्रमप्रति सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० का कार्यबाहक वडा अध्यक्ष श्री तेन्जी शेर्पाले हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो। उहाँले यस्ता मानवीय सहयोगले पीडित परिवारमा आशा र आत्मबल दिन सघाउने बताउनु भयो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments