सोलु दु. न. पा. १० को सार्वजनिक सुनुवाइ: विकासमा ७०% प्रगति, स्वास्थ्य र पोषणमा विशेष जोड
- जेष्ठ १७, २०८२ २३:१० मा प्रकाशित
जेठ १६, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङमा यस आर्थिक वर्षको भौतिक प्रगति विवरण सार्वजनिक गरिएको छ । वाङ्छु मेमोरियल अस्पतालको प्राङ्गणमा आयोजित यस कार्यक्रममा वडा अध्यक्ष होमबहादुर मगरले चालु आर्थिक वर्षमा ७० प्रतिशत भौतिक प्रगति हासिल भएको जानकारी गराउनुभयो ।
नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यता तथा रेडियो एभरेष्टको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा वडा अध्यक्ष मगरले वडा, नगरपालिका, प्रदेश र संघीय सरकारसमेतको सहयोगमा चालु आर्थिक वर्षमा ३ करोड १६ लाख ३० हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, यसमध्ये ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने बाँकी ३० प्रतिशतका योजना तथा कार्यक्रमहरू अन्तिम चरणमा पुगेका छन् ।
सार्वजनिक सुनुवाइका क्रममा उठेका जनताका प्रश्नको जवाफ दिँदै नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले १० नम्बर वडाको मुहार फेर्न आफ्नो नेतृत्वमा अधिक बजेट लगानी गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा र सडकको विस्तारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै विकास निर्माणमा आस्थाका आधारमा कुनै विभेद नगरिएको स्पष्ट पार्नुभयो । नगर प्रमुख शेर्पाले आगामी आर्थिक वर्षको योजनामा पनि यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, वडा अध्यक्ष मगरले तीनै तहका सरकारसँग उच्चतम समन्वय गरी योजनाहरू ल्याइएको र पारदर्शी ढंगले परिचालन भइरहेको बताउनुभयो ।
रेडियो एभरेष्टका पत्रकार भानुभक्त निरौलाले सहजीकरण गरेको यस कार्यक्रममा वडा सचिव रामहरी चौलागाईले हालसम्मको सेवा प्रवाह र आन्तरिक राजस्व संकलनको विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहभागीहरूले वडाको हालसम्मको काम सन्तोषजनक रहेको भन्दै आवधिक रूपमा वडा नेतृत्व टोलटोलमा पुगेर जनताको राय लिनुपर्ने सुझाव दिए ।
यसै अवसरमा, वाङ्छु शेर्पा मेमोरियल अस्पताललाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणा गरिएको छ साथै, गर्भवती महिला, २ वर्ष मुनिका बच्चा र उनीहरूका आमाहरूलाई अण्डा र घिउ वितरण गरिएको छ, जसले यस क्षेत्रमा पोषण सुधारका लागि स्थानीय सरकारको प्रतिबद्धतालाई थप बल पुर्याएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments