दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न
- जेष्ठ १०, २०८२ १८:४२ मा प्रकाशित
दिक्तेल, जेठ ९ – दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा एकदिने प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । सो प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा स्वास्थ्य सहायक श्री सन्तोष बजिमयज्यूले प्रशिक्षण दिनु भएको थियो भने विद्यालयकै स्वास्थ्य सहायक श्री अप्सरा खड्काज्यूले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयका सबैजना आदरणीय शिक्षक तथा शिक्षिकाहरूले सक्रिय रूपमा सहभागिता जनाउनु भएको थियो । प्रशिक्षणमा प्राथमिक उपचार सम्बन्धी आवश्यक ज्ञान तथा सीपहरू जस्तैः आकस्मिक चोटपटक, रक्तस्राव नियन्त्रण, बेहोस अवस्था, मर्किएको बेला तथा जलन आदिमा कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा व्यवहारिक रुपमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन अवसरमा MR ISO अर्थात् आइएसओ प्रतिनिधि आदरणीय श्री लाल प्रसाद घिमिरेज्यूले सम्बोधन गर्नुहुँदै विद्यालयमा प्राथमिक उपचार सम्बन्धी ज्ञान अनिवार्य रहेको कुरामा जोड दिनु भयो । उहाँले विद्यालयजस्तो संवेदनशील शिक्षण संस्थामा आकस्मिक अवस्थामा तुरुन्त उपचार उपलब्ध हुने व्यवस्था अत्यन्त आवश्यक रहेको धारणा राख्नु भयो ।
विद्यालयका प्रिन्सिपल श्री धनकर्ण श्रेष्ठज्यूले यस्ता प्रशिक्षण कार्यक्रमहरूले विद्यालय समुदायमा स्वास्थ्य सचेतना र उत्तरदायित्व अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो साथै, उहाँले विद्यालयमा ७ ओटा First Aid Box स्थापना गरिने जानकारी गराउँदै ती आवश्यक तथा सहज स्थानहरूमा राखिने बताउनुभयो ।
उक्त कार्यक्रमले सम्पूर्ण शिक्षक वर्गलाई आपत्कालीन अवस्थाहरूमा आवश्यक प्राथमिक उपचार प्रदान गर्न सक्ने योग्य र सजग बनाएको विद्यालय प्रशासनले विश्वास लिएको छ ।
तस्बीरहरूः





































सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments