अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
- जेष्ठ ५, २०८२ २१:२४ मा प्रकाशित
सोलुखुम्बु, २०८२ जेठ ४ –
सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० स्थित जनप्रिय माध्यमिक विद्यालयमा प्रधानाध्यापक घन बहादुर कार्कीको सरुवाको विरोधमा भएको तालाबन्दी खुल्ने भएको छ। अभिभावक र विद्यार्थीहरूले मिति २०८२ जेठ २ गते विद्यालयमा तालाबन्दी गरेका थिए।
नगरपालिकाको नगर शिक्षा समितिको बैठकले २०८२ वैशाख ३० गते कार्कीको सरुवा गर्ने निर्णय गरेपछि आन्दोलन भएको थियो। त्यसको प्रतिवादमा विद्यालयमा ताल्चा लगाएर पठनपाठन अवरुद्ध पारिएको थियो।
आज आइतबार वडा कार्यालयले अभिभावकहरुलाई बोलाई वडा अध्यक्ष होम बहादुर मगरको अध्यक्षतामा अभिभावक र वडा शिक्षा समितिबीच विशेष बैठक बसी बैठक सम्पन्न भएको छ। बैठकमा विभिन्न सर्तसहित विद्यालय पुनः सञ्चालन गर्ने सहमति जुटेको हो।
सहमति अनुसार:
शिक्षक कार्कीको स्थानमा नयाँ शिक्षक नआएसम्म उनलाई रमाना पत्र दिइने छैन।
तत्कालै विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समितिहरुको बैठक बसी १० नं. वडा भित्रका अन्य विद्यालयमा समेत आवश्यकतानुसार शिक्षक सरुवाको सिफारिस नगरपालिकामा पेश गरिनेछ।
उक्त निर्णय अनुसार भोलि मिति २०८२ जेठ ५ गते सोमबारदेखि पठनपाठन पुनः नियमित रुपमा सञ्चालन हुने भएको छ। यसै बिचमा वडा अध्यक्ष होम बहादुर मगरले “शिक्षकको अभाव हुन नदिने र गुणस्तरीय शिक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने” भन्दै अभिभावकलाई संयमित रहन अनुरोध गर्नु भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments