सोलुखुम्बुको फतान्जेमा मगर बौद्ध शान्ति विहारको शिलान्यास सम्पन्न
- बैशाख १९, २०८२ १७:०८ मा प्रकाशित
बैशाख १९, सोलुखुम्बु
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टीङको फतान्जेमा निर्माण हुन लागेको मगर बौद्ध शान्ति विहारको आज एक भव्य कार्यक्रमका बीच शिलान्यास गरिएको छ।
शिलान्यास समारोह सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङबु शेर्पा र वडा नं. १० का वडा अध्यक्ष होम बहादुर मगरले संयुक्त रूपमा सम्पन्न गर्नुभएको हो।
विहार निर्माणका लागि सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट रु १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै, गाउँका स्थानीय बासिन्दाहरूको साथै देश–विदेशमा रहेका मगर समुदायका शुभेच्छुकहरूले पनि आर्थिक सहयोग प्रदान गरिरहेका छन्।
कार्यक्रममा नगर प्रमुख शेर्पाले गौतम बुद्धका दिव्य उपदेशहरू उल्लेख गर्दै, “अहिंसा नै सर्वोच्च धर्म हो, सबै प्राणीप्रति करुणा राख्नुपर्छ, साँचो बोल्न, सोच्न र कर्म गर्नुपर्छ, र मानवता नै सबैभन्दा ठूलो सेवा हो” भन्ने विचारहरूमा जोड दिनुभयो। उहाँले सबै जात, धर्म र सम्प्रदायलाई समान दृष्टिले हेर्ने बानी समाजमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता धार्मिक कार्यहरूमा नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष होम बहादुर मगरले मगर समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक उन्नतिमा बौद्ध विहार निर्माणले ऐतिहासिक योगदान पुर्याउने विश्वास व्यक्त गर्दै, सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो। उहाँले धर्मिक सहिष्णुतता साम्प्रदायिक एकाता भन्ने मुलनारा र बुद्धका शिक्षालाई आत्मसात गर्दै, “आफ्नो उद्धार आफैंले गर्नुहोस्, अरूले तपाईंलाई उद्धार गर्न सक्दैनन्” भन्ने उपदेश स्मरण गराउनु भयो।
कार्यक्रममा स्थानिय गन्यमान्य व्यक्तिहरू, बौद्ध धर्मावलम्बी, समाजसेवी, बुद्धभक्त नागरिक लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
सोलुदुधकुण्ड अन्लाईन सम्पादक :रमेश कट्वाल
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments