२०% काम सम्पन्न पश्चात दिक्तेल बोर्डिङले पायो ISO लोगो
- चैत्र १९, २०८१ २३:५३ मा प्रकाशित
दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउने लक्ष्यअनुसार ISO प्रमाणिकरण प्रक्रियाको औपचारिक शुभारम्भ गरिएको छ । चैत्र २० गते लोगो हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा नगर प्रमुख तिर्थराज भट्टराईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै विद्यालयलाई ISO मान्यता प्राप्त गराउने अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको र नगरपालिकाले सकेको सहयोग उपलब्ध गराउने बताउनु भयो ।
ग्लोबल क्वालिटी काउन्सिलका नेपाल प्रतिनिधि सुदिप शर्माले स्कुललाई ISO लोगो हस्तान्तरण गर्दै विद्यालयले हालसम्म आवश्यक मापदण्डको २०% कार्य सम्पन्न गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले बाँकी ८०% कार्य अर्थात ५२ वटै सूचक पूरा गरेपछि मात्र पूर्णरूपमा ISO प्रमाणपत्र प्रदान गरिनेछ ।
विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठले विद्यार्थीहरूको शैक्षिक गुणस्तर १००% सुधार गर्ने लक्ष्य रहेको बताउँदै विद्यालयमा पहिल्यै ISO मापदण्डअनुसार भइरहेको केही कार्यहरूलाई आवश्यक कागजात (डकुमेन्टेसन) गरी अघि बढाइने उल्लेख गर्नुभयो ।
विद्यालय सञ्चालक समिति अध्यक्ष नुरकाजी सैंजुले विद्यालयले ISO प्रमाणिकरण प्रक्रियालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि आवश्यक सम्पूर्ण सुधारका प्रयासहरू गरिने बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो भने कार्यक्रममा उपस्थित अन्य व्यक्तिहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सबै पक्षको हातेमालो आवश्यक रहेको बताएका छन् ।
यसअघि, चैत १८ गते दिक्तेल बोर्डिङ स्कुल र ग्लोबल क्वालिटी काउन्सिलबीच ISO प्रमाणिकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सन् १९९१ (२०४८ साल) मा स्थापित विद्यालयको इतिहासलाई हेर्दा, दिक्तेल इंग्लिस सेकेण्डरी बोर्डिङ स्कुल कोशी प्रदेशकै पहिलो विद्यालय बनेको छ, जसले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) प्रक्रियामा प्रवेश गरेको छ । यो विद्यालयले आगामी एक वर्षभित्र ५२ वटा मापदण्डहरू पूरा गरी पूर्णरूपमा प्रमाणित हुने लक्ष्य लिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments