पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी
- चैत्र ११, २०८१ १७:३२ मा प्रकाशित
काठमाडौँ, चैत ११ गते । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हरायो ।
जितसँगै नेपालको तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालमा ३१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाउनुभयो । रोशन विश्वकर्माले अविजित २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन बनाउनुभयो । बलिङमा दिल्लीका अमन चौधरीले दुई तथा क्रिरित कौशिक, कप्तान रौनक वेग्हेला र शुवम दुबेले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले २३.२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाउनुभयो । यस्तै शान्तानु यादव र आदित्य भण्डारीले १३/१३, अतुल्य पाण्डेले ११ र प्रनभ पन्तले १० रन बनाउनुभयो ।
बलिङमा नेपालका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले तीन तीन तथा विपिनप्रसाद शर्मा र अशोक धामीले दुई दुई विकेट लिनुभयो । सिरिजको दोस्रो खेल बिहीबार हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments