सुवास संगमको संयोजकत्वमा १३ सदस्यीय थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन
- फाल्गुन १९, २०८१ २०:४४ मा प्रकाशित
फागुन १९, सोलुखुम्बु : सुवास संगम राईको संयोजकत्वमा १३ सदस्यीय थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । सोमबार पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सुवास संगम राईको संयोजकत्वमा समिति गठन गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । नवगठित समिति थुलुङ दुधकोशी गाउँपालिकाको भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण र सम्बर्द्धनको लागि कार्यरत हुनेछ ।
गाउँपालिका अध्यक्ष असिम राईका अनुसार, थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान कार्यविधी २०८१ अनुसार पालिका भित्रको भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वद्र्धन र विकास गर्न प्रतिष्ठान स्थापना गरिएको हो । कार्यविधी अनुसार, यस प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा विविध कार्यक्रम आयोजना गर्ने, अनुसन्धान कार्य गर्ने र स्थानीय प्रतिभालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमका सम्पूर्ण निर्णयहरू कार्यान्वयनका लागि पालिका प्रमुख असिम राईले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रतिष्ठानको गठनसंगै, थुलुङ दुधकोशी गाउँपालिकामा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा नयाँ उत्साह पैदा हुने आशा गरिएको छ । (हिमाल समाचार)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments