टाप्टीङमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुले संयुक्त रूपमा शेर्पाहरुको ग्याल्पो ल्होसार मनाउदै।
- फाल्गुन १६, २०८१ १५:०६ मा प्रकाशित
सोलुखुम्बु, फागुन १६ – सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टीङमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुले संयुक्त रूपमा शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसार हर्षोल्लासका साथ मनाएका छन्।
बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण नयाँ वर्षको रूपमा मनाइने ग्याल्पो ल्होसार विशेष गरी शेर्पा समुदायले धूमधामका साथ मनाउने गर्छन्। यस अवसरमा टाप्टीङमा रहेका विभिन्न समुदायका मानिसहरू पनि सहभागी भई एकआपसमा शुभकामना आदान-प्रदान गरेर ग्याल्पो ल्होसार मनाउदै छन ।
स्थानीय शेर्पा समुदायले परम्परागत भेषभूषामा सजिएर गाउँकै सुनाखरी सामुदायिक संस्थामानै पूजा–अर्चना गरे भने धर्मगुरुहरुले नयाँ वर्षको शुभकामना सहित शान्ति, समृद्धि र मेलमिलापको सन्देश दिएका छन। कार्यक्रममा हिन्दु धर्मावलम्बीहरूले पनि सक्रिय सहभागिता जनाउँदै धार्मिक सहिष्णुता र एकताका उदाहरण प्रस्तुत गरेका छन सो पर्व बर्सेनि हिन्दु र बौद्धधर्मवाल्म्बीहरुले मनाउदै आईरहेको छन ।
गाउँमा सो कार्यक्रमको आयोजना गरिँदा स्थानीय युवाहरूले परम्परागत शेर्पा नृत्य, गायन र ल्होसार विशेष परिकार प्रस्तुत गरेका छन। यस अवसरमा गुथुक, खाप्से, छ्याङ लगायतका परम्परागत परिकारको स्वाद लिने अवसर उपस्थितहरुले पाएका छन।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० का धर्म गुरु (लामा)मिङमार शेर्पाले भन्नू भयो “ग्याल्पो ल्होसारत तपाईं हाम्रो पहिचान मात्र नभई हाम्रो सांस्कृतिक धरोहर हो। यसलाई हिन्दु तथा अन्य समुदायसँग मिलेर मनाउनु आपसी भाइचाराको उत्कृष्ट उदाहरण हो।”
यसरी सोलुदुधकुण्ड–१० टाप्टीङमा ग्याल्पो ल्होसार हिन्दु तथा बौद्ध धर्मावलम्बीको संयुक्त सहभागितासहित उल्लासमय वातावरणमा सम्पन्न भएको छ। धार्मिक सहिष्णुता र सामाजिक मेलमिलापको भावना झल्काउने यस पर्वले समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने स्थानीयवासीहरूको विश्वास रहेको छ।
सोलुदुधकुण्ड अन्लाईन सम्पादक
रमेश कट्वाल सोलुखुम्बु ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments