काभ्रेमा बस दुर्घटना, १७ जना घाइते, चालक र सहचालकको अवस्था गम्भीर
- फाल्गुन १३, २०८१ १२:१५ मा प्रकाशित
सोलुखुम्बु फागुन १३ — काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायात को बस काभ्रेमा दुर्घटनाग्रस्त भएको छ। रामेछापको धोबी, ढाँडे हुँदै ओखलढुंगाको पोकली जान लागेको प्रदेश ३-००१-००५ ख ९९४२ नम्बरको बस आज बिहान काभ्रेको धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बी.पी. राजमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बस आफैं अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा चालक र सहचालकसहित १७ जना घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी धुलिखेल अस्पताल लगिएको छ, जहाँ गम्भीर घाइते चालक र सहचालकको उपचार भइरहेको छ।
दुर्घटनाको समयमा बसमा २४ जना यात्रु सवार थिए। अन्य घाइतेहरूको पनि उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments