फुटबल टोलीकी डिफेन्डर निशाले अन्तर्राष्ट्रिय च्याम्पियनसिपका बाँकी खेल गुमाउने
- फाल्गुन ६, २०८१ १७:१० मा प्रकाशित
६ फागुन, काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर निशा थोकरले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका बाँकी खेल गुमाउने सम्भावना बढेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न किर्गिस्तानविरुद्धको खेलमा उनी घाइते भएकी हुन्। निशा इन्जुरी समयमा विपक्षीसँग ठोक्किन पुगेकी थिइन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार उनले निधारमा चोट बोकेकी छन्। चोट लागेसँगै उनलाई रंगशाला छेउकै ब्लु क्रस अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सकले निधारमा टाँका लगाएर पठाएको शाहले बताए।
‘हेड इन्जुरी भएको हो। टाँका लगाइएको छ। त्यसैले उक्त टाँका नखोलुन्जेलसम्म खेल्न मिल्दैन भनेर चिकित्सकले भन्नुभएको छ। योसँगै उनले बाँकी खेल गुमाउनेछिन्,’ उनले खेलपाटीसँग भने।
उनका अनुसार निशालाई सोमबार बेलुका नै अस्पतालले डिस्चार्ज गरिसकेको छ। उनी अहिले बेड रेस्टमा छिन्। तर, टिम डक्टर राजु डंगोलले भने बुधबार मात्रै निशा खेल्न सक्ने या नसक्ने निर्क्यौल हुने बताए।
‘उनको निधारको बाहिर चोट लागेको हो। भोलि फलोअपका लागि अस्पताल लगिने छ। चोटको प्रकृति हेरर मात्रै उनले बाँकी खेल्न खेल्ने या नखेल्ने टुंगो लाग्छ। अहिले उनले खेल्ने सक्नेमा अनिश्चितता छ,’ डंगोलले भने।
राष्ट्रिय टोलीका एक सदस्यले पनि उनको चोट गम्भीर नभएको बताए। उनका अनुसार मुख्यप्रशिक्षक राजेन्द्र तामाङले खेलको अवस्था हेरेर निशालाई खेलाउने या नखेलाउने भन्ने टुंगो लाग्ने छ।
नेपालले बिहीबार लेबनानसँग खेल्ने तय छ। सोमबार नै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको थियो।
नेपाल पछिल्लो समय अनुभवी डिफेन्डरको अभावमा मैदान उत्रिरहेको छ। नियमित सेन्टर ब्याक हीराकुमारी भुजेल यही मैदानमा गत कात्तिकमा सम्पन्न साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानविरुद्धको खेलमा घाइते भएकी थिइन्।
उनको अनुपस्थितिमा मुख्य प्रशिक्षक राजेन्द्रले निशालाई पहिलो रोजाइमा मैदान उतारेका थिए।निशाको अनुपस्थितमा नेपाललाई झनै समस्या हुने देखिएको छ। क्यानडा नेपाल
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments