सोलुखुम्बुमा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
- फाल्गुन ५, २०८१ १५:१० मा प्रकाशित
सोलुखुम्बु, फागुन ५ – गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका–९, गोराखानीमा पहिरोमा परि ज्यान गुमाउने रिना तामाङको परिवारलाई विभिन्न समाजसेवीहरूबाट आर्थिक सहयोग प्रदान गरिएको छ।
सोलुदुधकुण्ड नगरपालिका–१० का हाल पोर्चुगलमा बसोबास गर्नुहुने समाजसेवी श्री आङ ङिमा शेर्पा (गोर्जा) बाट रु २०,०००/- र सोही वडाका हाल अमेरिका (USA) मा बसोबास गर्नुहुने समाजसेवी श्री पेमा शेर्पा (सालाका) बाट रु २०,०००/- गरि जम्मा रु ४०,०००/- आर्थिक सहयोग उपलब्ध गराइएको हो।
उक्त सहयोग रकम आज सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० का वडा अध्यक्ष श्री होम बहादुर मगरज्यूले रिना तामाङको परिवारलाई हस्तान्तरण गर्नुभयो।
समाजसेवीहरू आङ ङिमा शेर्पा र पेमा शेर्पाले प्राकृतिक विपत्तिको घडीमा पीडित परिवारलाई केही हदसम्म राहत पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरेको बताउनुभएको छ।
यस किसिमको सहयोगले पीडित परिवारलाई राहत मिल्ने विश्वास लिइएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments