न्यायिक हिरासतमा रहेका रविलाई आज अदालतमा उपस्थित गराइने
- माघ २४, २०८१ ०८:३८ मा प्रकाशित
काठमाडौं : सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
हिजो थुनछेक बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज अदालतमा उपस्थित गराउनेगरी न्यायिक हिरासतमा पठाएको थियो।
साहारा चितवन सहकारी ठगी प्रकरणमा पुरक मुद्दा परेका रविसहित १५ जना प्रतिवादीको हिजोबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । हिजो सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए।
सहकारी पीडितको तर्फबाट रमेश काफ्लेले मात्रै बहस गर्न भ्याउनभएको थियो । आज प्रतिवादीका अन्य वकिल र जाहेरवालाका तर्फबाट बहस हुनेछ । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments