दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा DESBS Eco-Club गठन
- माघ २२, २०८१ १७:१९ मा प्रकाशित

दिक्तेल, माघ २२ – दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा आज मिति २०८१ माघ २२ गते विद्यालयका भाइस प्रिन्सिपल लालप्रसाद घिमिरेको संयोजकत्वमा २७ सदस्यीय DESBS Eco-Club गठन गरिएको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, र दिगो विकासका लक्ष्यका साथ गठन गरिएको यो क्लबले विद्यालय र समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको प्रमुख संरक्षक शिक्षक लालप्रसाद घिमिरेले नवगठित क्लबले विद्यालयलाई हराभरा बनाउने मात्र होइन, वातावरणीय सचेतना फैलाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
क्लबका पदाधिकारीहरू यसप्रकार रहेका छन्:
- अध्यक्ष: सगुन राई (९ बी)
- उपाध्यक्ष: प्रनिशा बि क (९ ए)
- कोषाध्यक्ष: अरुणा कठेत (९ ए)
- सचिव: जेनिसा दाहाल (८ ए)
- सह सचिव: विपेश खनाल (६ डी)
सदस्यहरू: सुदेश्ना राई, विवेशिका राई, अस्मिका राई, ससिका राई, निनम्मा राई, कृति श्रेष्ठ, सुम्निमा राई, जितमान रसाइली, रिदम कटवाल, आयुष भुजेल, लिब्धिहाङ राई, रोजन थापा, कनेक्ट श्रेष्ठ, आरध्य श्रेष्ठ, सिमम शंकर, रसिना राई, रिया खत्री, हेलिना शेर्पा, प्रगति राई, सामसुङ शेर्पा, समृद्धि काफ्ले, र अदिति शाक्य ।
संरक्षक शिक्षकहरू:
- संयोजक संरक्षक शिक्षक: लालप्रसाद घिमिरे
- संरक्षक शिक्षकहरू: धनकर्ण श्रेष्ठ, श्यामलाल चौधरी, शुसिल चन्द्र राई, टेक बहादुर खत्री
नवगठित क्लबलाई विद्यालय प्रशासन, शिक्षक, र विद्यार्थीहरूले शुभकामना व्यक्त गर्दै वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गर्न प्रेरणा दिएका छन् । “सफा वातावरण, समृद्ध भविष्य” भन्ने मूल मन्त्रका साथ क्लबले आगामी दिनहरूमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
— सोलुदुधकुण्ड अनलाइन डेस्क


सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
बैशाख २४, २०८२ ०८:३३शिक्षा, शिक्षक र जीवन
-
बैशाख २३, २०८२ १०:२६भैँसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टिप्स
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ६, २०८२ १०:११चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू
-
लोकप्रिय जेष्ठ ५, २०८२ २१:२४अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन
-
लोकप्रिय बैशाख २६, २०८२ २०:३५दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
-
लोकप्रिय बैशाख २१, २०८२ २३:२९दिक्तेल बोर्डिङमा ‘भ्यागुता संरक्षण सप्ताह’ को अन्तिम दिन उत्साहपूर्वक सम्पन्न
Comments