ब्यक्तिगत लगानीमा निर्माण गरि सरस्वतीको मन्दीर उपहार ।
- माघ २२, २०८१ १६:४३ मा प्रकाशित
बिद्याकी देवी सरस्वतीको मन्दिरको निर्माणको लागि सोलुदुधकुण्ड नगरपालिका वाडा नं. ९ गोराखानी निवासी लालधन थापा मगरको श्रीमती हुम कुमारी थापा मगरले ब्यक्तिगत लगानीमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० को सिसाखोला आधारभुत विद्यालयमा सरस्वतीको मन्दीर निर्माण गरि हिजो वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको दिन विद्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गर्नु भएको छ।
मन्दीरको बिधिवत रुपमा सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० का वडा अध्यक्ष होम बहादुर मगरले उद्घाटन गर्नु भएको थियो।
मन्दीर निर्माण र सरस्वतीको मुर्ति खरिद समेत गरेर जम्मा २,५०,०००/- (दुईलाख पचास हजार) ब्यात्तिगत लगानीमा निर्माण सम्पन्न भएको हो।
ब्यक्तिगत लगानी गरि विद्यालय मन्दिर हस्तान्तरण गर्दा विद्यालय परिवार गाउँले र विद्यार्थीहरु खुशी हुनुको साथै दातालाई धन्यवाद प्रदान गरेका छन।
कक्षा १ देखि ८ सम्म पठनपाठन हुने सो विद्यालयमा 60 जना विद्यार्थी अध्ययनरत रहेका छन भने सोलुदुकुण्ड नगरपालिका वडा नं. ८,९ र १० को कक्षा १० को SEE परिक्षा समेत यसै विद्यालयमा हुने गरेको वडा अध्यक्ष होम बहादुर मगरले सोलुदुधकुण्ड अन्लाईनलाई जान्कारी दिनु भएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments