बौद्ध धर्मविधि अनुसार सरस्वती मन्दिरको उद्घाटन ।
- माघ २१, २०८१ १९:५६ मा प्रकाशित
आज श्री पंचमी । देशभर सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइदैछ । हिन्दू धर्ममा सरस्वतीलाई ज्ञानकी देवीको रुपमा लिइन्छ । आजको दिनमा ज्ञानका पारखीहरु सरस्वतीको उपासनामा व्यस्त बनेका छन । खासगरी बिद्यालयहरुमा सरस्वती पूजा धुमधामसंग मनाइदैछ ।
बिद्याकी देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा सरस्वती पूजा गरिदै आएको धार्मिक बिश्वास रही आएको छ । ब्रम्हाले संसार सृष्टि गरेपछि त्यसमा बाणी भर्ने कामको लागि सरस्वतीलाई जन्म दिएको पण्डितहरु बताउछन ।
आजको दिनबाट नै बसन्त ऋतु आरम्भ हुने हुदा आजको दिनलाई बसन्त पंचमी पनि भन्दछन । केटाकेटीलाई आजको दिन अक्षराम्भ गराउनु शुभ रहने बिस्वास गरिन्छ तेस्तै आज सोलुखुम्बु जिल्लाको
सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० मा रहेको फतान्जे आधारभूत विद्यालयमाहालै निर्माण गरिएको सरस्वती मन्दिरको उद्घाटन पनि गरिएको छ सो मन्दीरको बौद्ध धर्म विधि अनुसार गरिएको छ ।
माघ ५ गते निर्माण सम्पन्न भएको मन्दिर सरस्वती पूजाको अवसरमा वडाध्यक्ष होमबहादुर मगर र बौद्ध धर्म गुरु आङ बाबु लामाले बौद्ध धर्मविधि अनुसार पूजापाठ गरी संयुक्तरुपमा उद्घाटन गर्नुभएको सोही विद्यालयका शिक्षक दोर्जी शेर्पाले बताउनुभयो ।
करिब १ लाख २० हजार लागतमा निर्माण सम्पन्न भएको मन्दिरका लागि सरस्वतीको मूर्ति विद्यालयको पूर्व प्रधानाध्यापक भलाकाजी शेर्पाले प्रदान गर्नुभएको थियो ।
विद्यालयको आन्तरिक श्रोतबाट निर्माण गरिएको मन्दिरमा वसन्तपञ्चमीको दिन बौद्ध परम्परा अनुसार नियमित पूजा गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा छिरी शेर्पाले जानकारी दिनुभएको छ । कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा ७५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कृष्ण मगरको जान्करी दिनु भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments