‘अमलाकाण्ड’ भनेर मजाक बनाइएको ठुलो यौन अपराध
- माघ २१, २०८१ १७:५९ मा प्रकाशित
झापाको शिवसताक्षीमा ४ वर्षअघि श्रीमानबाट छुट्टिएर माइतमा आमाबुबासँग बस्दै आएकी २१ वर्षीया युवतीले २२ दिन अघि बच्चा जन्माइन्। बच्चा जन्मेपछि गाउँमा बच्चाको बुबा को हो भनेर सोधखोज सुरु हुन्छ। त्यसक्रममा युवतीले ८१ वर्षीय वृद्धको नाम लिन्छिन्। उनका अनुसार, ती वृद्धले अमला ल्याइदिने, पैसा दिने जस्ता प्रलोभन देखाएर यौनसम्बन्ध राखेका थिए। युवतीका बुबाका अनुसार, उक्त वृद्ध प्रायः उनको घरमा आउँथे र एकपटक त ती वृद्धले छोरीलाई पैसा दिनको लागि फकाइरहेको दृश्य देखेको बताएका छन्।
तर, वृद्धले भने आफू युवतीको घरमा गएको मात्रै र बच्चा आफ्नो नभएको दाबी गरेका छन्। उनले ५० वर्ष अघि स्थायी परिवार नियोजन गरेको र बच्चा उनको नभएको बताएका छन्। बच्चा जन्मेको ११ दिनमा न्वारान गर्ने चलन भए पनि बुवाको पहिचान नभएकाले २२ दिन हुँदा पनि न्वारान गरिएको छैन। यस्तो गम्भीर र संवेदनशील घटनालाई अहिले सामाजिक संजालमा अमला काण्ड भनेर मजाकको रुपमा हेरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments