मनाइयो सारङ्गी दिवस
- माघ २१, २०८१ १७:५५ मा प्रकाशित
तुलसीपुर, माघ २१ गते । चौधौँ सारङ्गी दिवस मनाइएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको गन्धर्व सङ्गीत सारङ्गी उत्पादन समूहले दिवस मनाएको हो ।
समूहले प्रत्येक वर्ष सारङ्गी दिवस मनाउँदै आएको छ । तुलसीपुर ४ रक्षाचौर गन्धर्व टोलका ७० वर्षीय शालिकराम गन्धर्वले युवापुस्ता माझ सारङ्गीको महत्त्व दर्शाउनका लागि दिवस मनाउन सुरु गरिएको बताउनुुभयो ।
टोलमा ६३ घरधुरी बढी गन्धर्व समुदायको बसोवास भएतापनि युवा पुस्ताको सारङ्गी बजाउने र बनाउने घट्दोक्रममा रहेको बताउनुभयो । उहाँले सारङ्गीका चार तारबाट नै ३६ स्वर निकाल्न सकिने बताउनुभयो ।
खमारी, खिर्रो, काठको मुर्रा, बाख्रा छाला र सल्लाको खोटो प्रयोग गरी सारङ्गी बनाइन्छ । सारङ्गीको मूल्य पाँचदेखि २५ हजार रुपियाँसम्म पर्दछ ।
संस्थाका अध्यक्ष अर्जुन नेपालीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका ४ का वडाध्यक्ष तुलसी थापाको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । वडाध्यक्ष थापाले स्थानीय र प्रदेश सरकारको सहकार्य, सहयोगमा सारङ्गी प्रवर्धन गरिएको बताउनुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments