श्री मनोकामना जनकल्याण माविमा ध्वाँसे चितुवा र सालक संरक्षणसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
- माघ १८, २०८१ १५:१५ मा प्रकाशित
टेक बहादुर खत्री, खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडा स्थित श्री मनोकामना जनकल्याण माविमा २०८१ माघ १८ गते वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखि १० सम्मका २९ जना विद्यार्थी, २ जना शिक्षिका, तथा विद्यालयका प्रधानाध्यापक श्री पञ्चकुमार राईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


Friends of Nature (FON) – प्रकृतिका साथीका Trainee श्री शुसिल चन्द्र राईले कार्यक्रममा ध्वाँसे चितुवा (Clouded Leopard) को परिचय, यसको पर्यावरणीय भूमिका, र संरक्षण आवश्यकताबारे विस्तृत जानकारी दिनुभयो । त्यसैगरी, दिक्तेल अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका शिक्षक श्री टेक बहादुर खत्रीले सालकको विशेषता र यसले पारिस्थितिक सन्तुलनमा पुर्याउने योगदानबारे जानकारी गराउनुभयो ।








कार्यक्रममा विद्यार्थीहरूको ठूलो उत्सुकता देखिएको थियो । उनीहरूले ध्वाँसे चितुवा नेपालका कुन-कुन क्षेत्रमा पाइन्छ? यसको संख्या कति छ? सालक किन संकटग्रस्त छ? यी दुवैलाई संरक्षण कसरी गर्न सकिन्छ? जस्ता जिज्ञासाहरू राखेका थिए । साथै, उनीहरूले वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको भूमिका, प्राकृतिक सम्पदाको महत्व, तथा वन्यजन्तु तस्करी नियन्त्रणका उपायहरू बारे थप जानकारी लिन चासो देखाएका थिए ।
कार्यक्रमपछि विद्यार्थीहरूले ध्वाँसे चितुवा चिन्न, यसको पर्यावरणीय महत्व बुझ्न तथा यसले बाँदरको संख्या नियन्त्रण गरी जैविक विविधता कायम गर्न सहयोग गर्ने कुरा सिकेका थिए । साथै, उनीहरूले वन्यजन्तु र प्राकृतिक स्रोतको दिगो संरक्षण, सन्तुलित पारिस्थितिक प्रणालीको आवश्यकता, तथा मानव-वन्यजन्तु सहअस्तित्वको महत्व जस्ता विषयमा पनि ज्ञान हासिल गरेका थिए ।








कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक श्री पञ्चकुमार राईले कार्यक्रम सफलतापूर्वक सञ्चालन गराउने श्री शुसिल चन्द्र राई र श्री टेक बहादुर खत्रीलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै, उहाँले यस्ता जनचेतनामूलक कार्यक्रमहरू विद्यार्थीहरूमा वन्यजन्तुप्रति सकारात्मक सोच र संरक्षण भावना विकास गर्न मद्दत गर्ने भन्दै भविष्यमा पनि यस्ता गतिविधिहरू निरन्तर सञ्चालन गरिने बताउनुभयो ।




सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments