खोटाङबाट काठमान्डौँ जादैँ गरेको सुमो दुर्घटना हुँदा ३ जनाको घट्नस्थलमै मृ*त्यु
- माघ १७, २०८१ ११:२१ मा प्रकाशित
ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाण्डौ जाँदै गरेको सुमो बिहिबार बिहान करिब ६ः३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थमा भेटिएको थियो ।दुर्घटनामा ५६ वषीर्या माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षिय पुजन गुरुङ र उहाँकै बहिनी ४५ वर्षिय तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाणडौ जाँदै गरेको थियो । राती नै दुर्घटना भएको हुनसक्ने स्थानियबासीले जनाएका छन् । विहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थमा स्थानियले भेटेर प्रहरीलाई जनकारी दिएका थिए ।चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार अवस्थामा रहेको जानाइएकाे छ ।बिरामी माया गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाण्डौ लिएर हिँडेका थिए । दुर्घनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ । सुमोमा चालक सहित ४ जना मात्रै सवार थिए । घट्नाको बारेमा थप विवरण आउन बाँकी रहेको छ । घटनाको विषयमा थप खोजी र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाकारी दिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments