सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
- माघ १४, २०८१ ००:०९ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङकी ७४ वर्षीया छायादेवी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री एवं नेपाल तरुण दलका पूर्वसदस्य टेकराज पौडेल तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाग्लुङका उपसभापति एवं निसीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलकी आमा छायादेवीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्। पौडेलको यही माघ १२ गते निधन भएको थियो।नेपालको लोकतान्त्रिक आन्दोलनमा छायादेवीको सक्रिय सहभागिता रहेको उल्लेख गर्दै सभापति देउवाले छायादेवीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ। रासस
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments