धरानका मेयर पानी माग्न रित्तो गाग्री बोकेर सिंहदरबार पुगेका बेला सोलुको मेयर पानी बेच्न जापान पुग्नु भएको छ।
- माघ ११, २०८१ १९:५७ मा प्रकाशित
धरान मेयर केही दिन अगाडि पानी माग्न रित्तो गाग्री बोकेर सिंहदरबार पुगेको बेला यता सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा भने यति बेला जापान भ्रमणमा रहनु भएको छ र यहि क्रममा मेयर शेर्पाको पहलमा विदेशी लगानी (FDI) मार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी बिदेशमा निर्यात गरिने भएको छ।
जापान भ्रमणको क्रममा रहनुभएका सोलुदुधकुण्ड नगरपालिका प्रमुख शेर्पा र जापानीज कम्पनी Mt. Fuji Springs Inc.बीच शुक्रबार बिदेशमा पानी निर्यात गर्ने सम्बन्धि सम्झौता सम्झौता सम्पन्न भएको हो।
जापान लगयत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरि निर्यात गर्दै आएको सो कम्पनीसंग सिंगापुर, मलेसिया, दुबई, साउदी र कतारलगायतका देशमा निर्यात गर्ने समझदारी भएको मेयर शेर्पाले जानकारी दिनुभयो।
यो सम्झौतासंगै सोलुदुधकुण्ड नगरपालिका र सोलुखुम्बु जिल्लाका लागि मात्र नभई देशकै लागि ऐतिहासिक परियोजनाको सुरूवात भएको मेयर शेर्पाको भनाई छ ।
यो ऐतिहासिक कार्यले मेरो जापानको भ्रमण अत्यन्तै सफल र उपलब्धिमुलक भएको महसुस भएको उल्लेख गर्दै शेर्पाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ,-‘यस परियोजनाले सोलुखुम्बु जिल्लामा प्रविधि, रोजगार, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको क्षेत्रना काम गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी बिश्व बजारमा निर्यात गरि जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने सोलुदुधकुण्ड नगरपालिकाको सपनालाई साकार पार्नेछ।’
।
मेयर शेर्पाले यस कार्यका लागि साथ दिनुहुने Mt. Fuji Springs Inc. का अध्यक्ष Mr. Awai Hidero, CEO Mr. Awai Taichiro, सल्लाहकार Mr. Hisashi Ishiguro (Mt. Everest submitter, Legendary Person), निर्देशक Mr. Norihiro Sijizaki, महाप्रबन्धक Mr. Michihisa Kobayashi र आफ्नो भ्रमण टोलीका सदस्यहरुलाई धन्यवाद समेत दिनुभएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय चैत्र ११, २०८२ १९:१६टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।
-
लोकप्रिय चैत्र ४, २०८२ १५:५६स्वर्गीय कानुरी शेर्पाको स्मृतिमा दागेली शेर्पाद्वारा सामाजिक क्षेत्रमा सहयोग
-
लोकप्रिय फाल्गुन २५, २०८२ १८:०३फागुन २८ गते निर्वाचन प्रहरीको बिदाइ गरिने
-
लोकप्रिय फाल्गुन १८, २०८२ १८:४२आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।












Comments