भारतमा रेल दुर्घटनामा हुँदा ३ जना नेपालीको मृत्यु ।
- माघ १०, २०८१ ११:०० मा प्रकाशित
भारतमा रेल दुर्घटनामा परी ३ नेपालीको मृत्यु भएको छ। लखनऊबाट मुम्बई जाँदै गरेको पुस्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा पुग्दा आगलागी भएको हल्ला फैलिएपछि दुर्घटना भएको हो।
आगो लागेको हल्लापछि रेलबाट हाम फालेका ५० जनाभन्दा बढीलाई अर्को दिशाबाट आएको रेलले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमा ३ नेपालीसहित १२ जनाको मृत्यु भएको छ । मृत्य हुनेमध्ये नेपालका नन्दाराम विश्वकर्मा, लछिराम पासी र नवीन भण्डारीको नाम खुलेको छ । उनीहरुको ठेगाना खुलिसकेको छैन।
परिचय खुलेका मृतकमध्ये चार भारतीय नागरिक छन्। दुर्घटनामा मृत्यु भएका बाँकी ६ जनाको परिचय खुलिनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा घाइते भएका ४० जनालाई महाराष्ट्रका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments