अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा
- माघ ८, २०८१ १०:०० मा प्रकाशित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । गएराति भएको सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि सङ्कटकाल घोषणा गर्नुभएको हो । उहाँले सबै गैरकानूनी प्रवेश बन्द गरेर लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताउनुभएको छ । उहाँले जन्मसिद्ध नागरिकताको परिभाषालाई सम्बोधन गर्ने आदेशदेखि अमेरिका–मेक्सिको सीमामा कडाइ गर्ने आफ्नो प्रतिबद्धतामा यो कदम चाल्नुभएको हो ।
ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा आप्रवासीलाई समात्ने र छोड्ने नीतिको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालको पहिलो चरणमा पूर्व राष्ट्रपति जो बाइडेन शासनकालका झण्डै ८० वटा कार्यकारी आदेशलाई रद्द गर्नुभएको छ ।
यस्तै ट्रम्पले यूएस क्यापिटल प्रकरणमा सजाय भोगिरहेका एक हजार पाँच सय बन्दीलाई माफी दिनुभएको छ । उहाँले अब राष्ट्रिय मेलमिलापको प्रक्रिया शुरु हुने बताउनुभएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments