छविले चौथाे श्रीमतीसँग टुंग्याए मानाचामल मुद्दा, घर शिल्पालाई दिएर डेरामा सरे
- माघ ७, २०८१ २०:३७ मा प्रकाशित
नेपाली फिल्म क्षेत्रका बाघ निर्माताको रुपमा चिनिने छवि ओझा र उनकी चौथो श्रीमती शिल्पा पोखरलेको मानाचामलको मुद्दा किनारा लागेको छ । यो विषयले करियरमा समेत असर गर्न थालेपछि ओझा मानाचामल दिएरै मुद्दा किनारा लगाउन तयार भएका छन् । र, काठमाडौंको गौरिघाटस्थित घर शिल्पालाई दिएका छन् । मुद्दाले किनारा पाएपछि दुवै जनालाई बाटो खुला भएको छ । मानाचामलको मुद्दा चलिरहँदा छविको बैंक खाता र सम्पत्ति रोक्का रहेको थियो । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुईतले घर छाडेर छवि भने डेरामा सरेका छन् । प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि र शिल्पा लिभिङ टुगेदरमा रहेको गसिप चल्ने गरेको थियो । उनीहरुको बिबाह भएको तस्वीरसमेत सम्बन्धमा चिसोपन आएपछिमात्र सार्वजनिक भएको थियो । छविभन्दा शिल्पा ३० वर्ष कान्छी छिन् । २९ असार २०७३ मा उनीहरुले गोप्य रुपमा बिबाह गरेका थिए । २०७६ सालमा एउटा हात भाँच्चिएर प्लास्टर गरेको अवस्था छविले लगानगाँठो कसेको तस्वीरर सार्वजनिक भएको थियो । सोही सालको असारमा शिल्पाले आफू श्रीमानबाटै असुरक्षित गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यो बेलामा शिल्पाको कानको जालो फुट्ने गरी छविले हानेको भन्ने विषयले सामाजिक सञ्जाल तातेको थियो । शिल्पाले रुँदै दिएको अन्तर्वार्ता भाइरल भएको थियो । २०७६ सालमै शिल्पाले छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेद र मानाचामलको मुद्दासमेत हालेकी थिइन् । तीन वर्षपछि अदालतले शिल्पाको पक्षमा फैसला दिएको थियो । साथै छविको ऋणको आधा अंश पनि शिल्पाले स्वीकार्नुपर्ने फैसला भएकोमा छविले अदालतमा १० करोड ऋण देखाएका थिए । छविले फिल्म ‘मंगलम २’ बनाउँदै छन् । मंगलममा शिल्पा र नायक पुष्प खड्का थिए अब दोस्रो भागमा उनीहरु दोहोरिने छैनन् । निर्देशक नवल नेपालसँग छविले सम्झौता गरिसकेका छन् । सम्भवत मंगलममा भएका कुनै पनि कलाकार मंगलम २ मा दोहोरिने छैनन् । छविको बारेमा फिल्म वृतमा चर्चा छ, जसलाई डेब्यु गरायो उसैसँग बिबाह गर्छन् । उनले पहिलो बिबाह प्रेम बिबाह गरेका थिए । हेमासँगको सम्बन्ध १० वर्षपछि टुंगिएको थियो । उनीहरुको दुई सन्तान रहेको बताइएको छ । छविले दोस्रो बिबाह गीताञ्जली सुनुवारसँग गरेका थिए । फिल्म नातामा गीताञ्जलीलाई छविले नायिका बनाएका थिए । फिल्म हुँदै सुरु भएको प्रेम सम्बन्धलाई २०५० मा बिबाह गरेका थिए । बिबाह गरेको पाँच वर्षपछि गीताञ्जलीले आत्महत्या गरेकी थिइन् । उनीहरुको एक सन्तान रहेका छन् । NepatopDAVत्यसपछि छविले रेखा थापालाई जीवन साथी बनाएका थिए । रेखालाई फिल्ममा पनि छविले ल्याएका थिए । उनीहरुको डिभोर्स २०७३ सालमा डिभोर्स गरेका थिए । रजतपटको नम्बर एक हिरोइन बनेकी रेखाले छविसँग डिभोर्स हुँदा केही पनि लिइनन् । रेखासँगको बैबाहिक अध्याय सकिएपछि छविले शिल्पालाई भित्र्याएका हु्न् । फिल्म क्षेत्रमा पनि शिल्पालाई छविले लज्जा फिल्मबाट ल्याएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments