अमेरिमा टिकटकमा लाग्यो प्रतिबन्ध ।
- माघ ६, २०८१ १०:२६ मा प्रकाशित
काठमाडौं । चर्चित शर्ट भिडिओ प्लेटफर्म टिकटक अमेरिकामा डाउन भएको छ । गत वर्ष पारित भएको प्रतिबन्ध वा विनिवेश कानून (ब्यान अर डाइभेस्ट ल) कार्यान्वयनमा आएसँगै टिकटक आइतबारदेखि अमेरिकामा बन्द भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो एप एप्पल र गुगल दुवैको अमेरिकी एप स्टोरबाट हटाइएको छ । वेबमा पनि टिकटकको साइट उपलब्ध नभएको नोटिस देखिन थालेको छ ।
प्रयोगकर्ताहरूले एप खोल्दा भिडियो हेर्न पाइरहेका छैनन् । टिकटकले दिएको जानकारी अनुसार अमेरिकामा १७ करोड प्रयोगकर्ताहरूले यो एप प्रयोग गरिरहेका थिए ।
अन्य सामाजिक सञ्जालहरूमा केही समयका लागि अवरोध आउने गरे पनि, टिकटक जस्तो लोकप्रिय एप यसरी बन्द भएको यो पहिलो घटना हो ।
बाइडेन प्रशासनले यसको कार्यान्वयनको जिम्मेवारी ट्रम्प प्रशासनलाई हस्तान्तरण गरेको बताएको छ । टिकटकको भने स्पष्ट आश्वासन नपाएसम्म अमेरिकामा सेवा बन्द गर्नुपर्ने भनाइ छ । कम्पनीले आफ्ना कर्मचारीहरूलाई पठाएको इमेलमा राष्ट्रपति ट्रम्पले २० जनवरीमा पदभार ग्रहण गरेपछि टिकटकलाई पुन:स्थापना गर्न सहयोग गर्ने बताएको उल्लेख छ ।
शनिबार राति ९ बजेदेखि नै टिकटक र क्यापकट एपमा प्रयोगकर्ताहरूलाई प्रतिबन्धको विषयमा जानकारी दिन थालिएको थियो । कम्पनीले प्रयोगकर्ताहरूलाई “अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून जनवरी १९ देखि लागू हुने भएकाले सेवाहरू अस्थायी रूपमा बन्द गर्नुपरेको” सन्देश पठाउन थालेको छ ।
हाल अमेरिकामा टिकटक एप खोल्दा “माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन” भन्ने सन्देश देखा पर्छ । कम्पनीले यस समस्याको समाधानका लागि निर्वाचित राष्ट्रपति ट्रम्पसँग सहकार्य गरिरहेको बताएको छ ।
यो प्रतिबन्ध वा विनिवेश कानून अनुसार, बाइटडान्सले टिकटकमा आफ्नो अमेरिकी स्वामित्व बेच्नुपर्ने हुन्छ । तर बाइटडान्सले बिक्री गर्न आनाकानी गरिरहेको छ । यसैबीच, टिकटकले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको थियो, जुन सर्वोच्च अदालतमा गएर टुङ्गिएको थियो ।
टिकटकले ट्रम्पलाई खुसी पार्ने रणनीति अपनाएको देखिन्छ । ट्रम्पले सुरुमा टिकटकमाथि प्रतिबन्ध लगाउने कुरा गरेका थिए तर अहिले यसलाई निरन्तरता दिन खोजिरहेका छन् । उनले बाइटडान्सलाई बिक्रीको लागि दिइएको समयसीमा ९० दिन थप्ने प्रस्ताव पनि गरेका छन् ।
टिकटकको यो बन्दले अमेरिकाका लाखौं प्रयोगकर्तालाई निराश बनाएको छ । यसलाई लक्षित गर्दै अमेरिकी प्रयोगकर्ताले मास फलोइङ अभियान थालेका थिए । अर्थात बन्द हुनुअघि सबैले सबैलाई फलो गरेर फलोअरको सङ्ख्या बढाउने अभियानमा होमिएका थिए । टिकटक फेरि कहिले अमेरिकामा फर्कन्छ भन्ने हेर्न बाँकी छ । साथै ट्रम्पले यसलाई कसरी अगाडि बढाउँछन् भन्ने पनि विशेष चासोको विषय बनेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments