नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहसम्मै गर्यो परिपत्र
- माघ ५, २०८१ १६:३६ मा प्रकाशित
नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ ।
पार्टीका महामन्त्री गगनकुमार थापाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर निर्देशन जारी गरेको हो ।
परिपत्रमा एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको हकमा सभापतिले माघ १२ गते ५ बजेसम्म क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यको फारम र नामावली बुझाइ सक्नुपर्नेछ । यस्तै एक मात्र प्रतिनिधिसभा भएको जिल्लाका सभापतिले माघ १३ गते ५ बजेभित्र फारम र नामावली बुझाउनु पर्ने उल्लेख गरिएको छ।
यस्तै प्रदेशसभा क्षेत्रीय समितिले माघ १४ गते ५ बजे पालिका समितिलाई र गाउँ नगरले माघ १५ गते वडा तहमा क्रियाशील सदस्यताको नामावली अनिवार्य बुझाउनुपर्ने गरी परिपत्रमा उल्लेख गरेको छ ।
यसैगरी वडामा क्रियाशील सदस्यताका लागि वडाले फागुन १ गते पालिका तहमा २ सय शुल्कसहित नामावली बुझाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।
यस्तै पालिकाले प्रदेश सभा क्षेत्रीय समितिमा फागुन १० गतेभित्र बुझाउनु पर्नेछ भने फागुन २० भित्र क्षेत्रीय समितिले प्रदेश सभा क्षेत्रमा तथा प्रदेश सभाले फागुन मसान्त भित्र क्षेत्रीय कार्यसमितिमा पठाइसक्नु पर्ने समितिले परिपत्र जारी गरेको छ ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिले चैत १५ र जिल्लाले चैत २९ गते दिउँसो ३ बजेभित्र केन्द्रीय कार्यालयमा शुल्कसहित पठाइसक्न समितिले निर्देशन दिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments