तराईका पाँच स्थानको भिजिबिलिटी १०० मिटर, नेपालगन्ज र धनगढीको एकहजार माथि
- माघ ४, २०८१ १०:२९ मा प्रकाशित
काठमाडौं । नेपालको तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोले अधिकांश स्थान ढाकेको छ । आज बिहान ५:४५ बजे संकलन गरिएको विवरणअनुसार, धनगढी र नेपालगन्जमा पारदर्शिता (भिजिबिलिटी) तुलनात्मक रूपमा राम्रो देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार धनगढीको भिजिबिलिटी १,५०० मिटर रहेको छ भने नेपालगन्जको १,२०० मिटर रहेको छ । तर, घोराही, भैरहवा, सिमरा, जनकपुर, र विराटनगरका क्षेत्रमा भिजिबिलिटी निकै कमजोर छ ।
यी स्थानहरूको पारदर्शिता केवल १०० मिटरमा सीमित रहेको मौसमविद् पुडासैनीले जानकारी दिएका छन् ।उनका अनुसार, “पारदर्शिता १ किलोमिटरभन्दा कम भएमा कुहिरो र १ देखि ५ किलोमिटरसम्म भएमा हुस्सु मानिन्छ ।”
तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भइरहेको छ । यातायातमा समस्या सिर्जना भएको र मानिसहरूको दैनिक क्रियाकलापमा असर परिरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय चैत्र ११, २०८२ १९:१६टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।
-
लोकप्रिय चैत्र ४, २०८२ १५:५६स्वर्गीय कानुरी शेर्पाको स्मृतिमा दागेली शेर्पाद्वारा सामाजिक क्षेत्रमा सहयोग
-
लोकप्रिय फाल्गुन २५, २०८२ १८:०३फागुन २८ गते निर्वाचन प्रहरीको बिदाइ गरिने
-
लोकप्रिय फाल्गुन १८, २०८२ १८:४२आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।












Comments