सोलुदूधकुण्ड नगरपालिकामा निःशुल्क रेबिज विरुद्धको खोप अभियान सञ्चालन हुने
- बैशाख २४, २०८३ १८:१४ मा प्रकाशित
सोलुखुम्बु, २४ वैशाख ।
सोलुदूधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्र रेबिज रोगको जोखिम न्यूनीकरण गर्न घरपालुवा कुकुर तथा बिरालाहरूका लागि निःशुल्क रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत ‘रेबिज नियन्त्रण कार्यक्रम’ अन्तर्गत यो अभियान सुरु गर्न लागिएको हो। नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै नगरवासीहरूलाई आ-आफ्नो घरमा पालिएका कुकुर तथा बिरालाहरूलाई तोकिएको वडा कार्यालयहरूमा लगि खोप लगाउन आग्रह गरेको छ।
नगरपालिकाका अनुसार यो अभियान वडा नम्बर ७, ८, ९, १० र ११ मा सञ्चालन हुनेछ। खोप कार्यक्रम आगामी वैशाख २५ गतेदेखि २७ गतेसम्म विभिन्न समय र स्थानमा सञ्चालन हुने तालिका तय गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले जारी गर्नुभएको सूचनामा, रेबिज एक प्राणघातक रोग भएकाले समुदायलाई सुरक्षित राख्न आफ्ना घरपालुवा जनावरलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरिएको छ। कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।













Comments