देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्याउँदै सरकार, सुरु भयो विवरण सङ्कलनको कार्य
- चैत्र २८, २०८१ १३:११ मा प्रकाशित
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा नपुगेका गाउँपालिका र नगरालिकाका सबै वडामा उच्च गतिको ब्रोडब्यान्ड सेवा विस्तार गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै इन्टरनेट सेवा नपुगेका वडाहरूको विवरण सङ्कलन गर्न थालिएको हो ।
“ब्रोडब्यान्ड सेवाको पहुँच नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयसम्म अप्टिकल फाइबर, वायरलेस तथा भीस्याटमार्फत ब्रोडब्यान्ड सेवा बिस्तार गर्ने कार्यक्रम रहेको छ,” प्राधिकरणको सूचनामा भनिएको छ, “यस कार्यक्रमको लागि ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरिनेछ ।”
कार्यक्रम सञ्चालनको लागि यसअघि सञ्चालित परियोजनामा छुटेका वा २ वर्षको निःशुल्क समयावधि पश्चात् सेवाको निरन्तरता नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरू यकिन गर्न विवरण सङ्कलन गर्न लागिएको हो ।
तत् पश्चात् सेवा प्रदायक छनोट प्रक्रिया सुरु हुने र ती गाउँपालिका तथा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूसम्म ब्रोडब्यान्ड सेवा विस्तार गरिनेछ । डिजिटल रूपान्तरण तथा सूचना प्रविधिको प्रयोगमा सघाउन प्राधिकरणले यो परियोजना अघि सारेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments