दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता
- माघ २५, २०८१ १४:५२ मा प्रकाशित
वासिङ्टन, माघ २५ गते । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।
अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो ।
यी दुई शहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दूरीमा अवस्थित छन् ।
खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।
हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो ।
गत जनवरी ३० मा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा विमानमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।
फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए । रासस/एएफपी
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय चैत्र ११, २०८२ १९:१६टाप्टीङ १० फतान्जेमा निर्माणाधीन पिके मगर बुद्ध शान्ति बिहारको निर्माण कार्य तीव्र गतिमा संचालन हुँदै।
-
लोकप्रिय चैत्र ४, २०८२ १५:५६स्वर्गीय कानुरी शेर्पाको स्मृतिमा दागेली शेर्पाद्वारा सामाजिक क्षेत्रमा सहयोग
-
लोकप्रिय फाल्गुन २५, २०८२ १८:०३फागुन २८ गते निर्वाचन प्रहरीको बिदाइ गरिने
-
लोकप्रिय फाल्गुन १८, २०८२ १८:४२आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।












Comments